बुधबार १७ बैशाख २०८२
समाज

आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ ।

हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो । उक्त वार्तालाई अन्तिम रूप दिन आज दिउसो वार्तामा बस्न लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए। 

शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था,निमावि प्रथम र ममावि द्वितीयको तलबम, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ ।

ऐनमा समावेश नगरी मन्त्रिपरिषद्‍बाट हुने निर्णय भएमा र ऐन जारी गर्ने समय तोकेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघले बताएको छ ।

यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन । जसको लागि सरकारको ८ अर्ब खर्च हुने थियो । यही ७ बुँदे र ९ बुँदेको आधारमा आजको वार्ता निर्णायक बनाएर मन्त्रिपरिषद्‍बाट पारित गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया