
नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखराबीच भिडन्त
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दैछन्। ललितपुर दोस्रोपटक र पोखरा पहिलोपटक फाइनलमा पुगेका हुन्।
अपराजित यात्रासहित ललितपुरले शीर्ष स्थानमा रहँदै क्वालिफायर १ मा धनगढीलाई हराएर फाइनल यात्रा तय गरेको हो। पोखराले सुरुवाती हारपछि दमदार पुनरागमन गर्दै इलिमिनेटर र दोस्रो क्वालिफायर पार गर्दै फाइनल यात्रा पूरा गर्यो।
फाइनलअघि आयोजित प्रि-म्याच कन्फरेन्समा दुवै प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन्। पोखराका प्रशिक्षक सुमन श्रेष्ठले टोली आत्मविश्वासी रहेको बताए भने ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले उपाधि रक्षा गर्ने आत्मविश्वास व्यक्त गरे।
तपाईको प्रतिक्रिया