
पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपालमा विभिन्न बाईसे र चाैबिसे राज्यहरु थिए । नेपालको गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू बनेका थिए। जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले पहिले पनि जुम्ला राज्यलाई बाइस पाखा भनिन्थ्याे । जुम्ला राज्यको प्रभावमा रहेका र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनियो। बाइसे राज्य भनिएता पनि कर्णाली क्षेत्रका राज्यहरूको सङ्ख्या घटेर कुनै बेला अठार वटा सम्म पुगेको छ भने कुनै बेला बढेर तिसवटा सम्म पुगेको पनि पाईन्छ ।
यि हुन् नेपालका बाईसे राज्यहरु
१) अछाम, २) बाजुरा, ३) छिल्ली, ४) जाहरी,५) जाजरकाेट, ६) जुम्ला, ७) डाेटी, ८) थलारा,९) दर्ना, १०) दाङ, ११) दुल्लु, १२) दैलेख, १३) बझाङ, १४) खुम्री, १५) विमकाेट, १६) विलासपुर, १७) बाेगटान , १८) रास्काेट, १९) रुकुम, २०) राेल्पा, २१) सल्यान, २२) सान्नी
जिर्ण बन्दै बाईसे राज्यका दरबारहरु
स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चाैबिसे राज्यहरूलाई पृथ्वीनारायण शाहले एकिकरण गरेपछी धेरै राजाहरुले दरबार छाेडेर बसाई सर्दै गए । केही राजाहरु आफ्ना भाई भारद्वाजलाई राज्य सुम्पेर शहर पसे भने केही दरबार छाेडेर गाउँमै बस्न थाले । हाल कति दरवारहरुकाे भत्कीएर नाम निसाना समेत हराई सकेको छ भने केही स्थानमा अझै पनि दरबारहरु जीर्ण अवस्थामा जिवितै छन् ।
बझाङकाे भोपुर दरबार

बाजुराकाे बार्जुकाेट दरबार

अछामकाे मंगलसेन दरबार

जाजरकाेट दरबार
.jpg)
सल्यानकाे पुतली दरबार
.jpg)
तपाईको प्रतिक्रिया