राजनीति
रेशम पक्राउबारे गृहमन्त्रीको जवाफ : भविष्यमा गल्ती दोहोरिँदैन
बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको आदेश कार्यान्वयन गर्न मात्र प्रहरीले कदम चालेको स्पष्ट पारे।
गृहमन्त्रीका अनुसार सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टले चौधरीलाई थुनामा राख्न पत्र लिएर प्रहरी प्रधान कार्यालय पुगेपछि प्रहरी सक्रिय भएको हो। तर पछि उक्त पत्र आधिकारिक नभएको पुष्टि भएपछि चौधरी सोही दिन थुनामुक्त भएका थिए।
लेखकले घटनाले चौधरी, उनको परिवार र समर्थकहरूलाई परेको असहजताप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता घटना नदोहोरिन सबैलाई सचेत बनाइएको बताए। अदालतको अवज्ञा र झुटा जानकारी दिन नहुने आरोपमा विष्टमाथि अनुसन्धान भइरहेको पनि जानकारी दिए।
तपाईको प्रतिक्रिया