बुधबार ४ असार २०८२
अर्थ

नेप्से २,६५४ विन्दुमा, कारोबार रकम ७ अर्ब ६५ करोडमा सीमित

मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर २,६५४.७५ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक ३.९० अंकले घटेको हो ।

सोमबारको तुलनामा यसदिन कारोबार रकम पाँच अर्ब ५३ करोड ३६ लाख रुपैयाँले घटेको छ । आज सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ९९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४८ कम्पनीको सेयरमूल्य घटेको छ । पियोर इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सेयरमूल्य ७.७३ प्रतिशतले घटेको छ ।  

कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापावर समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । 

तपाईको प्रतिक्रिया