खेलकुद
टी-२० सिरिजकाे दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25

काठमाडाैँ । टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले आज राति पौने आठ बजे घरेलु टोली स्कटल्यान्डसँग खेल्न लागेको हो।
सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भयो। सोमबार राति भएको खेलमा नेपालमाथि नेदरल्यान्ड्सले सुपर ओभरमा जित निकालेको थियो। खेलमा तीन पटक सुपर ओभरमा भएको थियो।
निर्धारित २० ओभर र एक ओभरका दुई वटा सुपर ओभरका खेलमा स्कोर बराबरी भएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो।
सिरिजमा यसअघि स्कटल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। नेपाल र स्कटल्यान्डबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा हुन लागेको हो।
तपाईको प्रतिक्रिया