मंगलबार ३ असार २०८२
राजनीति

रास्वपा निलो रिबन लगाएर संसदमा उपस्थित भएपछि कांग्रेसको नियमापत्ति

मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25

काठमाडौँ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।

‘यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन् ।

उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गरे ।

‘यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ उनले भनेका छन्, ‘यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया