राजनीति
जिम्मेवार भएर गाडी नियमित चलाउन यातायात व्यवसायीलाई मन्त्री दाहालको आग्रह
मंगलबार जेठ २०, २०८२/ Tuesday 06-03-25

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसक्दा पनि सार्वजनिक गाडी नचलाउनु गलत भएको बताएका छन्। उनले व्यवसायीहरूलाई जिम्मेवार बनेर गाडी सञ्चालन गर्न आग्रह गरे।
गण्डकी प्रदेशको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्ने सहमति भइसकेको भए पनि गाडी नचलेको भन्दै मन्त्री दाहालले गुनासो गरेका हुन्। उनका अनुसार केन्द्र सरकारले प्रदेशको अधिकार हनन हुने गरी कुनै निर्णय नगरेको स्पष्ट छ, र राइड सेयरिङसम्बन्धी विषय नयाँ विधेयकमार्फत समाधान गरिनेछ।
तपाईको प्रतिक्रिया