सोमबार ५ जेठ २०८२
समाज

रसुवा भन्सार नाकाबाट ७ किलोभन्दा बढी सुन बरामद

आइतबार जेठ ४, २०८२/ Sunday 05-18-25

काठमाडौं । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा  प्रहरीले बरामद गरेको सुनको तौल ७ केजी ६५३ ग्राम भएको पुष्टि भएको छ । 

जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो ।

‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीका आधारमा जाँच गर्दा सुन भेटिएको हो ।’

रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । सुनका विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया