समाज
कर्णाली नदीमा दुई किशोर बेपत्ता, खोजी गर्न गोताखोर परिचालन
शनिबार बैशाख २७, २०८२/ Saturday 05-10-25

काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।
शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन गएका कालीकोटकै नरहरी गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका थिए।
शुक्रबार नै दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए।
बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको छ ।
तपाईको प्रतिक्रिया