आइतबार २८ बैशाख २०८२
अर्थ

सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री पौडेल

शनिबार बैशाख २७, २०८२/ Saturday 05-10-25

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रूपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको बताए ।

उनले  ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भन्दै यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा बताए । 

मन्त्री पौडेलले बजेट निर्माणमा सबैको सुझावलाई महत्वका साथ आफूले हेरेको बताए । 

तपाईको प्रतिक्रिया