बिजनेस
आइपीओ रिजल्ट हेर्न सीडीएसले ल्यायो नयाँ साइट, इडीआइएस गर्ने समय आजसम्म
आइतबार फाल्गुण १६, २०७७/ Sunday 02-28-21
काठमाडौं। गत शुक्रबार महिला लगघुवत्तको इपीओ रिजल्ट हेर्न नपाएर हल्लीखल्ली भएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अलग्गै पोर्टल सञ्चालनमा ल्याएको छ। यसबाट अब आइपीओ रिजल्टमात्रै हेर्न सकिनेछ।
तल दिएको लिंक आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनप पोर्टलमा अब आइपीओ रिजल्ट हेर्न सकिनेछ। https://iporesult.cdsc.com.np/
महिला लघुवित्तको आइपीओ समेत यसैमार्फत हेर्न सकिने गरि सीडीएसले यो साइट तयार गरेको हो। यसैगरी मेरो सेयर सफ्टवेयर नचलेका कारण गत बिहीबार भएको सेयर कारोबारको इडीआइएस आइतबार बिहान ७ बजेसम्म गर्न सकिने पनि सीडीएसको भनाई छ।

तपाईको प्रतिक्रिया