काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह संसद्मा अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक चलिरहेकै बेला सदनबाट बाहिरिएका हुन् । प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले विरोध जनाएका छन् ।
सरकारले आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरू गर्ने कार्यसूची तय गरेको थियो । तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।
प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले राजीनामासमेत माग गरेका छन् । उनीहरूले संसद् भवनभित्रै प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी र विरोध प्रदर्शन जारी राखेका छन् ।
तपाईको प्रतिक्रिया