काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले पत्रकार सम्मेलनमार्फत बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ लाई स्वीकृति दिएको जानकारी दिए ।
त्यसैगरी, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको उनले बताए ।
बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै, भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको मन्त्री तिमल्सिनाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया