काठमाडौँ। भारी हिमपातका कारण उपल्लो डोल्पामा फसेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाइ भएको छ।
उद्धारका लागि परिचालन गर्ने भनिएको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि उद्धार कार्य प्रभावित भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।
शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढ क्षेत्रमा फसेका दुई महिला र चार पुरुषसहित ६ पर्यटकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको छ। उद्धारका लागि वैकल्पिक हेलिकप्टरको खोजीसमेत भइरहेको प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया