राजनीति
स्थानीय तह निर्वाचनका लागि रास्वपाले गठन गर्यो सात उपसमिति
आइतबार कार्तिक १५, २०८३/ Sunday 11-01-26
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन सातवटा उपसमिति गठन गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको बैठकले उम्मेदवार छनोट तथा समन्वयका लागि विभिन्न जिम्मेवारीसहित उपसमिति गठन गर्ने निर्णय गरेको हो।
क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकासमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई संयोजक तोकिएको छ।
पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।
तपाईको प्रतिक्रिया