बिजनेस
एकैदिन सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ सस्तो
आइतबार कार्तिक ८, २०८३/ Sunday 10-25-26
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक २ गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि कात्तिक २ गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
तपाईको प्रतिक्रिया