बिहीबार ११ भदौ २०८३
समाज

भोटेकोसीको बाढीले त्रिशूली बजारमा मच्चाएको वितण्डा, हेर्नुहोस् तस्बिरहरू

बुधबार भदौ १०, २०८३/ Wednesday 08-26-26

नुवाकोट। चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बजार आसपासका विभिन्न भौतिक संरचना क्षतिग्रस्त भएका छन् भने कतिपय संरचना पूर्ण रूपमा क्षति भएको जनाइएको छ।

अचानक आएको बाढीले त्रिशूली बजार क्षेत्रमा त्रासको अवस्था सिर्जना गरेको थियो। बाढीपछि बजार तथा नदी आसपासका क्षेत्रमा क्षतिको दृश्य भयावह बनेको छ। सडक, घर तथा अन्य संरचनामा क्षति पुगेपछि स्थानीयको जनजीवनसमेत प्रभावित भएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ। सम्बन्धित सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका टोली प्रभावित क्षेत्रमा परिचालन भएका छन्।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानलाई तीव्र पारिएको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावितलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने काम भइरहेको छ।

बाढीका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया