काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङका नदी किनारबाट ती शव फेला परेका हुन्। नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको उनले जानकारी दिए।
‘अहिलेसम्म ७ वटा शव फेला परेको छ,’ रेग्मीले भने।
बाढीमा घाइते भएकाहरूको उद्धार तथा फेला परेका शव संकलनको काम भइरहेको प्रहरीले जनाएको छ। बाढीमा मानिसहरू बेपत्ता भएको सूचना समेत प्राप्त भइरहेकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
तपाईको प्रतिक्रिया