मंगलबार ३ असार २०८२
समाज

पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध

सोमबार असार २, २०८२/ Monday 06-16-25

रेसङ्गा । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।

माथिबाट खसेको पहिरोले करिडोरको बाटो पूर्ण रुपमा अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारी साधन बिचबाटोमा अलपत्र परेका छन् । पहिरो निरन्तर खसिरहेकाले करिडोर सञ्चालन गर्न समस्या भएको प्रहरी नायव उपरीक्षक सारुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया