
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि बढाएका छन्।
आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
प्रतिपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया