खेलकुद
बायर्नले फिफा क्लब विश्वकपमा अकल्याण्ड सिटीलाई १०–० ले हरायो
सोमबार असार २, २०८२/ Monday 06-16-25

काठमाण्डौ । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०–० ले पराजित गरेको छ । क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो ।
यो जीतले सन् २०२२ मा अल हिलालले अल जजिराविरुद्ध गरेको ६–१ को जीतलाई उछिन्दै क्लब विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको कीर्तिमान बनायो । समूह सीमा बोका जुनिअर्स (अर्जेन्टिना), बेन्फिका (पोर्चुगल) पनि छन् ।
तपाईको प्रतिक्रिया