खेलकुद
नेपालको सनसनीपूर्ण जित: नेदरल्याण्ड्सलाई १६ रनले पराजित
बुधबार जेठ २८, २०८२/ Wednesday 06-11-25

स्कटल्याण्ड । मंगलबार भएको एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै सनसनीपूर्ण जित निकालेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आरिफ शेखको ८४ रनको योगदानमा ५० ओभरमा २३६ रन बनायो। जवाफी लक्ष्य पछ्याउन १० रन पेनाल्टीसहित खेल सुरु गरेको नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमै समेटियो।
नेपालका बलरहरू – सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र करण केसी प्रभावशाली रहे। नन्दनले ओडीआई डेब्युमा २ विकेट लिए।
नेपालले तीन खेलाडी परिवर्तन गर्दै नन्दन, बसिर र अनिललाई मौका दिएको थियो। अब नेपालले स्कटल्याण्डमै टी–२० सिरिज खेल्नेछ।
तपाईको प्रतिक्रिया