बिजनेस
१० महिनामा १३ खर्ब ५६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
मंगलबार जेठ २७, २०८२/ Tuesday 06-10-25

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा साढे १३ खर्ब (१३५६ अर्ब ६१ करोड) रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२% ले बढी हो। वैशाख महिनामात्रै १६५ अर्ब ३० करोड रेमिट्यान्स आएको छ।
विदेशी मुद्रा सञ्चिति पनि २३.१% ले बढेर २५१२ अर्ब ९५ करोड पुगेको छ। अमेरिकी डलरमा सञ्चिति २०.५% ले बढेर १८ अर्ब ४० करोड पुगेको छ।
यो अवधिमा ४ लाखभन्दा बढीले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएका छन् भने २.८ लाखले पुनः स्वीकृति लिएका छन्।
तपाईको प्रतिक्रिया