मंगलबार ३० बैशाख २०८२
बिश्वो

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडौं । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीच भएको व्यापार वार्तामा दुवै देश ११५ प्रतिशत आयात कर घटाउन सहमत भएका छन् । 

अहिले अमेरिकाले चीनलाई १४५ प्रतिशत आयात कर लगाएको छ । चीनले अमेरिकालाई १२५ प्रतिशत आयात कर लगाउँदै आएको छ ।

नयाँ सम्झौता अनुसार, अब चीनले अमेरिकालाई १० प्रतिशत मात्र आयात कर लगाउने छ । अमेरिकालाई चीनले ३० प्रतिशत आयात कर लगाउनेछ । यो सम्झौता ९० दिनका लागि मात्रै रहने बीबीसीले जनाएको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा अमेरिकी अर्थमन्त्री बेसेन्टसहितको प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच शनिबार र आइतबार व्यापार वार्ता भएको थियो ।

उनीहरूले त्यसले विश्वका लागि खुशीको खबर दिने बताएका थिए। जेनेभा बैठकले व्यापार संवाद संयन्त्र गठन गर्ने निर्णय पनि गरेको थियो

९० दिनसम्म अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार दर कायम हुने र यसबीचमा त्य संयन्त्रले थप छलफल गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया