बुधबार १७ बैशाख २०८२
जीवनशैली

आज विश्व ‘अटिजम’ जागरुकता दिवस

बुधबार चैत २०, २०८१/ Wednesday 04-02-25

काठमाडौं। आज विश्वभर ‘अटिजम जागरूकता दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइँदै आएको हो।

यस दिवसको मुख्य उद्देश्य अटिजम भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण, मौलिक स्वतन्त्रताको सुनिश्चितता तथा उनीहरूलाई समाजमा समावेशी रूपमा अघि बढ्न सहयोग पुर्‍याउनु हो। समाजका सबै वर्गले यस अभियानमा सहकार्य गर्नुपर्ने मान्यतासहित यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अटिजम भएका व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। दिवसका अवसरमा जारी गरेको सन्देशमा उनले दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न पनि यो दिवस महत्त्वपूर्ण रहने उल्लेख गरेका छन्।

 

तपाईको प्रतिक्रिया