राउटे, कुसुन्डा र ठकुरीको अन्तरसम्वन्ध पहिचान र आवश्यकता

ठकुरी जातीले नै यो समुदायको हक हितको लागि बोल्ने र संरक्षण गर्न सक्नु पर्दछ । यो समुदायको पहिचानमा आँच आउन नदिई नेपाली समाजमा स्थापित गराउनु ठकुरी तथा यो देशको आजको आवश्यकता हो ।
ठकुरी संस्कृत शव्द ठक्कर, ठाकुर अपभ्रंश हुदै समाजले बनाएको पदवीबाट नै ठकुरी हुन गएको हो । ठकुरीको अर्थ राजा वा देवात्मा भनिएको (सिंह सि.वी., २०६८) मा छ । ठाकुरको अर्थ हुन्छ ‘बिष्णु’ । ठक्कर, ठाक्कर, ठाकुर हुँदै ठकुरी हुन आएको हो । यसको अर्थ हुन्छ देवमूर्ति वा देवात्मा, गाँउको मुली मानिस वा राजा आदि बुझाउदँछ । राउटे र कुसन्डाले पनि ठकुरी लेख्छन यि पनि जंगलका राजा वा देवात्मा बनेको छन । ति पनि ठकुरी नै हुन । तर सबै कुसन्डा ठकुरी होइनन् । हरेक शव्दको व्युत्पन्नको केही न केही अर्थ छ । वर्मा, सिंह गुणबाचक हो भने गुरुङ्ग, तामाङ्ग शव्दहरु समुहवाचक हुन् । अछामको वशंजमा विरल्ल भट्टका सन्तती भनिएको छ । जसकारण उनीहरु ब्राम्हणको सन्तती भनेको देखिन्छ तर भट्ट शव्द भाट्टि वा भाट्टिज हालको भारतिय साहित्यबाट आएको हो । यसको अर्थ राजाको छोरा सन्तती भन्निछ । जसकारण भट्ट शव्द पनि त्यो सँग नजिक देखिन्छ । भाटिज भएका व्यक्ति पनि ब्राम्हण बन्न सक्तदछन । तर भट्ट पदवि लिएका अन्य जाति पनि हुन सक्छन् । वर्ण व्यवस्थ अनुशार समाजको संरचना चलाउँदा एकाघरका भाई पनि ब्राम्हण, क्षेत्रिय, वैश्य र शुद्र हुन सक्छन । यो जव ब्रम्हाण जात नवन्दैको समाजको अनुमान गर्नु पर्दछ ।
मनुस्मृती: अध्यापनमध्ययनं यजनं याजनं तथा दानं प्रतिग्रहं चैव ब्राहमणनमकलपयत् ब्राहमणका लागी पढने, पढाउने, यज्ञ गर्ने गराउने र दान दिने र लिने गरि ६ किसिमका कर्म निश्चित गरेका छ । त्यसै गरि क्षत्रियका लागि प्रजाहरुको रक्षा गर्नु, यज्ञ गर्नु, पढनु, विषयवासनमा आसक्त नहुनु, वैश्यको लागी पशुहरुको रक्षा गर्नु, दान दिनु, यज्ञ गर्नु, ज्याला मजदुरी गर्ने, खेति गर्ने, व्यापार गर्ने र शुद्र ले यि ३ वर्णका गुणहरुलाई अनुशरण गर्दै सेवा गर्ने भनिएको छ ।
राउटे, कुसन्डा पनि ठकुरी
राउटे शव्दको सम्वन्ध राजाको छोरा रौतेला, राउता, राउते, बाट नै राउटे शव्द बनेको हुनु पर्छ । पछि त्यही नै उनीहरुलाई समाजले राउटे फिरन्ते घुमन्ते बनाईदिएको हो भने कुसुन्डाहरु पनि हामी बनका राजा भन्ने गर्दछन । राजाको सन्ततीले जहाँ गएका पनि राजा हो भन्नु स्वभाविक हुन्छ । लुकेर हिड्ने जाति, बन ओडारमा बस्ने जातिलाई कुसन्डा भनिन्छ । यो शव्द इसाको दोस्रो शताव्दितिर कुषान शव्द सँग पनि नजिक छ । ति कुषान जातिहरु घुमन्ते थिए । ति जातिहरु नयाँ ठाँउ आक्रमण गर्दै त्यहाँ कसैलाई राजा बनाई फेरी अर्को ठाउँमा गएर सिमाना अधिकरण गर्ने केही समय बस्ने र त्यहाँ फेरी अर्को राजा बनाउने जातिलाई कुसानन भन्ने गरिन्थ्यो । त्यो बाट पनि कुसन्डा शव्दको उत्पत्ती भएको देखिन्छ । कुसन्डा शव्द कुसको सन्तान भन्ने पनि समाजिक इतिहास छ तर यहाँ सुर्यवंशी र चन्द्रवंशी पनि भएकाले यो त्यती सान्दर्भीक छैन ।
नेपाली समाजमा बनबन ओडारमा बस्नेहरु राउटे र कुसुन्डा ठकुरी जाति भएकोले १८औं शताव्दि पृथ्वीनारायण शाह र बहादुर शाहको एकिकरण पछि राज्य सत्ताबाट प्रताडित ठकुरीहरुलाई भित्री गालीको रुपमा राउटे-कसुन्डाहरु भन्ने गरेको हाम्रो नेपाली समाजमा छ । यसको मतलव सबै ठकुरी चाही राउटे र कुसन्डा होइनन् । दक्षिण एसियाकै फिरन्ते जातिमा पर्ने राउटेको उत्पत्ति करिब ७ सय वर्ष अघि कालिकोटको फुकोटबाट भएको हो भन्ने कुरा यहीँ समुदायका मुखियाले भनेता पनि यो विरोधाभाष छ । बरु ७ सय बर्ष होइन १७औं शताव्दिको अन्ततिर हुन सक्छ वा एकिकरण गर्ने दौरानमा ज्यान जोगाउनको लागि बन पसेको हुन सक्छ । किनकी कोटको र भोटको राजा छुट्याएर छुट्टिएका राउटे फिरन्ते वन्य जीवनमा बाचिरहेका हुन । यो जातीमा कल्याल ठकुरी, रासकोटी ठकुरी र छत्याल ठकुरी, सोमवंशीहरु छन यिनीहरुको सबै थरहरु अहिलेका ठकुरीहरुका थर सँग हु-बहु मिल्दछन् । यसमा हामी सबै सहमत हुनु पर्दछ । प्राकृतिक धर्म मान्ने यस जातिले सधैँ आफुलाई ठकुरी भएकोमा बडो सत्यवादी घमण्ड गर्दै आएको देखिन्छ । कुनै पनि शुद्ध ठकुरी बाहेक अन्यले भन्न सक्दैनन् । यिनीहरुमा शाही, राष्कोटी, हमाल, सेन, सिहं आदि जस्ता थर राउटे, कुसन्डा र ठकुरी दुबैमा पाइन्छ । यिनीहरु ठकुरी हुन भन्नेमा यो लेखक सहमत छ तर ठकुरीको पुस्ता यिनै हुन भन्नेमा सहमत छैन ।
वि. स. १४३३ देखी १४४८ सम्म अभयमल्लको दानपत्रमा, यशोवर्मा, जयतवर्मा, छत्याल वर्मा, पर्वतवर्मा, श्रीवर्मा, अजितवर्मा, राजवर्मा, सुजानवर्मा, सुमेरुवर्मा, मेदनीवर्मा र मलयवर्मा साक्षीको रुपमा देखिएका छन । मलयावर्माले कालिकोटको खाँडाचक्र र दैलेखको विलासपुरबाट राज्य चलाएका थिए । यिनिहरुलाई राउला पनि भनिएको छ । रास्कोटी बंशावलीमा मलयवर्मा उनीहरुको पुर्वज लाई ‘बडेराजा’ भनेर सम्बोधन गरिएको छ । जसकारण पनि मलयवर्मा पछि नै रास्कोटमा यसको पनि आफ्नै अर्थ छ । राजाको कोट वा त्यो ठाँउको रजवार भएको देखिन्छ । जुम्लामा पनि वलिराजा पछि कल्याल वंश स्थापना भएको हो । छत्याल वंशज पनि यहि समयमा स्थापना भएको थियो । यो वंशज निर्धारण भएको समय वि.स. १४औं शताव्दितिर भएको देखिन्छ । जसकारण यो लेखक के भन्न सक्दछ भने वि.स. १७औ शाताव्दिको उत्तार्रद पछि राज्यबाट असन्तुष्ट भएर छुट्टिएको झुण्डहरुको मेल नै राउटे र कुसण्डाहरु हुन् । त्यसपछि यिनीहरुले हालसम्म फिरन्ते जिवन विताइरहेका छन् ।
तत्कालिन समयमा ठकुरीहरु मध्य उपेक्षित भएको अर्को समुहले त्यसबेलाको अवस्था सहन सकेनन यो अनमेल परिस्थितिमा केही विषेश जाति भित्रकै अल्प समुहले बिद्रोह गरे । मुक्ति का लागि गाउँ छाडेर जंगल छिरे । यो केही असन्तुष्ट पक्षहरुका झुण्ड हुन् । वा यो झुण्ड राज्य एकिकरणको शुरुवातमा यो काटमार देखि भागेर जंगल पसेर त्यही जिवनयापनमा रमाएको ठकुरी जाति हो । यिनीहरु लामो समय सम्म जंगलमा नै जीवन यापन गर्न थाले । जीवन जिउनका लागि फेरी बनका गिठ्ठा, भ्याकुर, तरुल र वन्य जन्तु आदि खान थाले र शिकार खेलेर जीवन यापन गर्न थाले । लामो समय वा कयौं वर्ष सम्म पनि उनीहरुको यहि क्रियाकलापमा रहदै आए । जहाँ-जहाँ आफुहरु जान्थे त्यहीं ठाउँमा गएर गीतगाउन र नाच्न थाले र मनोरन्जनका लागि नाच गान गर्न थाले जो उनीहरुले आपासमा दुःख बिर्सनको लागि सहयोग पुग्यो र जंगल नै आफ्नो राज्य (राजधानी, दरवार र घर) सम्झने यो वर्ग अद्यापि आजको २१औं सताव्दी पछी पनि जंगललाई नै आफ्नो सम्पूर्ण सृष्टि हो र जंगल आफ्नो प्यारो वासास्थान हो भन्ने सम्झेका छन । यिनिहरुल् अशिक्षा र गरिवीको कारणले विकसित सभ्यताको अनुशरण नगरेका हुन् ।
यिनिहरुले बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । यो भाषा नै ठकुरीको भाषाको उत्पत्ति हो भन्नेमा सत्यता छैन । मानिस जो जस सँग सँगत भयो वा त्यो समाजमा मिश्रित भाषा बोल्ने प्रचलन हुन्छ । वाटरले यस भाषको व्याकरण प्रस्तुत गरेको छ न जुन टिवेटन बुर्मोको नजिक छ भनेका छन । जस्तो मुस्ताङ्गमा बस्ने ठकुरीले त्यहाँको भाषा, संस्कृति र संस्कार अनुशरण गरेको हुन्छन् । तिनीहरुले कसरी परसस्कृति गरे यसको खोज अनुसन्धान हुनु पर्छ तर ठकुरी भाषा भनेको सिञ्जाली भाषाको विकसित रुप हो । सिञ्जाली भाषा चाही भारोपेली आर्य इरानी बाट प्राचीन फारसी, बाल्हीकी, वैदिक संस्कृत, बाल्हीकीबाट दरदी, पैशाची, खश, खसबाट पूवी पहाडी-सिञ्जाली, पर्वते भाषाबाट नेपाली भाषा भएको हो भन्ने मत इतिहासविद सुर्यमनि अधिकारीको (बाईसे राज्यको इतिहास, भुँडीपुराण प्रकाशन, २०६०) छ ।
राउटेले बोल्ने खाम्चा भाषा खाम भाषाको नजिक देखिन्छ । यो चाही सिनो तिबेटिन भाषाको हाँगो टिवेटन वुर्मो पनि हो । जस्तो नेवारमा पनि क्षत्रिय धर्मपालना गर्ने प्रभुठाकुर छन उनीहरु पनि ठकुरी हौ भन्न चाहन्छन तर त्यो वेलामा उनीहरुलाई समाजले ठकुरीको पहिचान दिन सकेन । भाषा पदवि भन्ने कुरा विभिन्न सामाजिक संरचनाले पनि प्रभाव पारेको हुन्छ । भाषा, संस्कृति, संस्कार भनेको ठाँउ अनुसार, त्यहाँको भुगोल अनुसार, त्यहाँ पाउने घरेलु उत्पादन अनुसार पनि परिवर्तन हुन्छ, यो हामीले प्रत्यक्ष रुपमा देखेका छौ । उसको वैदेशिक सम्वन्धले पनि भेषभुषामा परिवर्तन गर्दछ । कति ठकुरीहरु मगर समाजमा बसेका हुनाले बिहेबारी संस्कार संस्कृति मगरको नै अनुशरण गरेको पाईन्छ । यो भनेको हरेक समाजमा यस्ता संस्कृति परिसस्कृतिकरण हुँदै आएको देखिन्छ । राम्रा कुराको परसस्कृतिकरण हरेका जातजातिमा समाजमा देखिन्छ । कुनै पनि जाति तथा भाषाको परिभाषा गर्नु भन्दा अगाडि त्यो समाजको सम्वन्ध कस सँग छ, त्यहाँको भौगलिका समाजिक परिवेश अनुसार फरक पर्दछ । त्यो शव्दको त्यो समाजमा कसरी व्युत्पन्न भयो भन्ने यर्थाथता बुझन जरुरी हुन्छ ।
वर्ण व्यवस्था
मनुस्मतीमा ब्राम्हण, क्षत्रिय, वैश्य र शुद्र कामको आधारमा वर्गिकरण गरिएको छ । यही वर्ण व्यवस्था अर्न्तगत क्षत्रिय धर्मपालना गर्ने नै ठकुरी भएका हुन । क्षेत्रिय धर्म पालना गर्ने पनि ब्राम्हण भएका छन जस्तो क्षत्रिया राजा विश्वामित्र ब्राम्हण भएका थिए । चन्दवंशी र सुर्यवशीं क्षत्रिय राजाहरु पनि विद्धान भएर ब्राम्हण भएको विभिन्न पुराणको वंशावलिमा वर्णन गरिएको छ । यसले नेपाली सामाजिक संरचनामा प्रभाव परापुर्वकाल देखि पारेको देखिन्छ । जस्तै शाही, मल्ल पदवी हो भने शिहं, वर्मा मनुस्मृतीमा अनुशरण गरेको पाईन्छ ।
मनुस्मृती शर्मा बद्बहमणस्य स्याद्राज्ञो रक्षासमन्वितम् । वैश्यस्य पुष्टिसंयुक्तं शूद्रस्य प्रेष्यसंयुतम् शर्मा आदि ब्राहम्णका नाममा, सिंह, वर्मा आदि रक्षा जनाउने क्षत्रियका नाममा, गुप्त आदि धन जनाउने वैश्यका नाममा र दास आदि सेवा जनाउने शूद्रका नाममा राख्नु पर्दछ ।
हामी ब्राम्हण, क्षत्रिय, वैश्य, शुत्र कामको आधारमा विभाजन गरिएको हो भन्ने अर्थ लगाएको खण्डमा हामी यथार्थ नजिक पुग्न सकिन्छ । यो वर्ण व्यवस्था हाल सवै जातिमा छ । ठकुरीमा, गुरुङ्ग, मगरमा, ब्राम्हणमा पनि ब्राम्हण, क्षत्रिय, वैश्य, शुत्रको आचारण गर्ने छन । यो वर्ण व्यवस्था को अर्थबाट बुझ्दै गएको खण्डमा हामी नजिक पुग्न सक्छौ । जहाँसम्म हो समाजको विकासक्रममा जो ब्रम्हाण भए उनको सन्ततीलाई ब्राम्हण भनियो पछि ठाँउको आधारमा विभिन्न थर निर्धारण गरियो । यस सम्वन्धी धेरै पुस्तक प्रकाशित छन ।
ठकुरी पदवी तात्कालिन समाजबाट सृजीत हो, पछि यो अनुशरण गर्ने सबै ठकुरी भए । ठकुरी लेख्ने प्रचलन अंशुवर्माले लेखे त्यसपछि ठकुरी शव्द लेख्ने हराएको देखिन्छ । त्यसपछि वैश ठकुरीहरु आए त्यो पनि हरायो । वि.स. छैठौं शताव्दि पछि अशुवर्मा पछि कृतिवर्मा, भुमी वर्माका सन्तती कता गए । शिल्भा लेभिको अध्ययनमा विभिन्न लेखकले मानदेव तथा लिच्छवी वंशजले पनि वर्मा, देव लेखेका थिए । देव लेख्नु देवत्वकरण बनाएको पाईन्छ । बाइसे चौविस्यको ताम्रपत्र हेर्ने हो भने तात्कालिन समाजमा लेखिएका शव्दहरु फरक छ । त्यसले के देखाउँछ भने तात्कलिक समयममा पनि ठकुरीहरु वा बाईसे चौविसे राजाहरुको ताम्रपत्रमा शभ्य भाषा वा उच्च आदरार्थी भाषाहरु बोलिएको र लेखिएको छ । ताम्रपत्रमा राजाहरुलाई उच्च आदारार्थी शव्दमा सम्बोधन गर्ने प्रचलन ल्याइएको देखिन्छ । ठकुरीले तात्कालिन समयमा शभ्य भाषा बोल्नको लागि वेद, पुराण र हिन्दी, मुस्लीम तथा पार्सियन सभ्यताले पनि भाषा विकास र अनुशरण गरेको पाईन्छ । शव्द र मानिसको उत्पतीको अध्ययन गर्ने हो भने हजारौ बर्ष अघि जानु पर्दछ ।
विभिन्न काल खण्ड र सभ्यताको विकास क्रमसँगै भाषाको पनि विकास भएको देखिन्छ । यो लेखकले हाल बोलीने ठकुरी भाषा बाईसे चौविसेको अध्ययन भएका ताम्रपत्र हेर्दा पर्वतराज्यका राजा मलेवमको पालामा विभिन्न विद्धानहरु राखी खस भाषालाई पर्वते भाषा बनाईएको ताम्रपत्रमा लेखिएको छ । टेक बहादुर श्रेष्ठले ‘पर्वत राज्यको ऐतिहासिक रुप, २०४९’ को सन्दर्भ साम्रागीमा लेखिएको छ । यसमा अन्य इतिहासविदहरु पनि सहमत छन् । मलेवमको ताम्रपत्रमा हाल आएर ठकुरीहरुले बोल्ने खाईबक्स्या छ । लिइबक्स्या छ । तर वितीं, हजुरकामा, हुकुम भो भन्ने शव्द चाही अन्य राज्यमा प्रचलित पाईन्छ । यो वि.स. १७ सय शाताव्दि तिरको ताम्रपत्र लेखेको देखिन्छ । त्यसैको विकसितरुप नै अहिलेको ठकुरी भाषा हो । ठकुरीको नाता सम्वन्धमा बोलीने केही शव्दहरु भाषा पछि प्रचलनमा ठकुरी दरबारमा चाँही नआएको देखिन्छ । शव्द त्यो ठाँउको संरचनागत रुपमा पनि परिवर्तन भएको छ । यो भाषा राणाहरुले बोल्ने भाषा कदापि होइन, यो ठकुरी भाषा हो । हामीले गौरवका साथ भन्नु पर्दछ । यो दरवारीया भाष भनेर शाह वंशजको भाषा पनि होइन । राणाले त पछि सत्तामा आएपछि यो भाषालाई अनुशरण गरेका हुन । तथापि पृथ्वीनारायण शाह पछिका राजाले पनि अनुशरण यो शभ्य भाषा नेपाली शव्दमा बक्स्योस् प्रत्यय लागाई बोलेको देखिन्छ ।
हामी ठकुरीहरु र नेपालकाको इतिहास पृथ्वीनारायण शाहको वरिपरि बसेर अध्ययन गरेको देखिन्छ । त्यही अनुसार इतिहास लेखेको देखिन्छ । त्यो भन्दा अघि बाईस्य चौविस्य नागराजको इतिहास सँगै तात्कालिन समयमा भएको छिमेकी मुलुको अध्ययन गरिनु पर्दछ । नागराज वंशज पनि क्षत्रिय थिए । ठकुरीको इतिहास अध्ययन गर्न लिच्छिवी वंशज त्यो भन्दा अगाडि इसाके २ औं शताव्दिमा राजा जया वर्माको हाँडीगाँउमा पाएको मुर्तीले पनि त्यो शताव्दि देखी नै वर्मा वंशज यो भुमीमा थिए । अझ चन्द्रवंशी राजा निमिषले गोर्कणमा पटुका दरवार बनाएको आफ्नो छोरीको नाममा चारुमति विहार बनाएको इतिहास पनि अध्ययन गर्नु फर्छ । ती वंशजहरु कहाँ गए । जो शक्तिशाली राज्य बन्दै गयो र नसक्ने अवस्थामा बन्दै जाँदा त्यो शत्तिशालि राज्यको अधिनस्थमा पनि राजा भएको इतिहास धेरै टाढा जानु पर्दैन । सबै समयमा राजा नभय पनि यो भुमीको भुमि पुत्र ठकुरी हुन । जो वर्मा थिए, देव थिए । आज तिनका सन्तती खै त ? इतिहासमा राजको छोराको मात्र टिपोट गरिएको छ उनीहरुको भैयाद (भाईभारद्वाजरहरु) को लेखाजोखा गरिएको छैन । तिनीहररुको सन्तती नै अहिलका ठकुरी हुन् । यसकारण पनि ठकुरी आदिवासी हुन् । विभिन्न समयमा विभिन्न ठाँउमा यो जातिले नै देशको वागडोर सम्हालेको हो । तर हामी अहिले हाम्रो धर्म संस्कृती र मनोवृीत्त वा क्षत्रिय धर्मपालना हामी ठकुरीले अनुपालन गर्न सकेको छैनौ । ठकुरीले अहिलेको संविधानमा आदिवासीको पहिचान बनाउन नसक्नु हाम्रो कमजोरी हो, यो ठकुरीलाई लोपोन्मुख बनाउने खेल हो । यो ठकुरी वंशज नेपालको आदिवासी हो भन्ने कुरा लेखिएको वंशावलीले पनि प्रष्ट पार्दछ । त्यही वंशावलिनै ठकुरीको हतियार हो । तर हामी ठकुरी नै राउटे र कुसन्डा ठकुरीको जड हो भन्न लागेमा हामी ठकुरी हाम्रो इतिहासको नजिक कदापी पुग्न सक्दैनौ ।
र्स्वणकालिन युग लिच्छिवी कालिन युगमा हो । त्यो समयमा नेपालमा विभिन्न ठाउँमा सामन्त वा कुनै पदवी स्वरुप गएको हुनु पर्छ । वर्मा वा वर्मनका वंशजका सन्ततीहरु आसाम र कान्यकुव्ज कनौज सम्म पनि राज्य गरेको इतिहास छ । भारत देश त सुगौलि सन्धी सन १८१६ देखि पछि भिन्दै भएको हो, त्यो भन्दा अगाडि हालको भारतको उज्जैन उडिसा राज्य सम्म नेपाली राजाहरुले राज्य गरेको इतिहास छ, यो धेरै टाढा जानु पर्देन । सेन वंशज इतिहास हेर्दा पुग्छ भने बहादुर शाहले र नेपाली विरहरुले जितेका राज्यको इतिहास हाम्रो सामुनै छ । यहि वर्मन वा वर्मा परिवारका सन्तती खस राज्यमा पनि महासामन्तहरु वर्मा परिवारका सन्तती नै थिए । पछि यिनै सन्ततीहरुले बाईसे चौविसे राज्यको धेरै भाग डोलाएका थिए ।
अहिले हामी हाम्रो इतिहासमा भारत, भारत भनेर जोडछौ भारत भन्ने त कत्रो पो थियो र राज्य राजौटाहरुको देश हो । मानव सभ्यताको विकास त ह्म्मिवतखण्ड र भारतबर्षले पनि नेपाली भुमी भनेर एकिन गर्न सकिन्छ । हाल भारत भर यही इतिहास त्यहाँ जोडिएको हो । जहाँ इतिहास जोडिन्छ त्यो नेपाली राजा रजौटाको भुमि हो । नेपाली भुमी हो । यो पहाडको चिसो पानी र समथर भुमी समयानुक्रम अनुसार मानिसको बसोबाससँग राज्य संचालन गर्दा रहेछन् भन्ने नेपाली इतिहासले पनि स्पष्ट पारेको छ ।
आवश्यकता र पहिचान
चौधो शताव्दीको मध्यबाट बाईस्य चौविस्य राज्यहरु स्थापना हुँदै गए । सबै सामान्तहरुले राज्य विस्तार गर्दै गए । सिमाना सुरक्षा संरक्षण मजवुद हुँदै वैज्ञानिक रुपमा राज्य संचालन गरेका थिए भन्ने विभिन्न ताम्रपत्रले छर्लङ्ग पारेको छ । बाईसे राज्यको स्थापना पछि नै कल्याल वंशज, छत्याल वंशज, रासकोटी वंशज, सोमवंशी नामाकरण भएको थियो । वि.स. १७औं शाताव्दिमा यि वंशजका केही असन्तुष्ट झुण्डनै राउटे र कुसण्डा भएका हुन् । यिनीहरु राज्यबाट असन्तुष्ट भएर निस्किएका यिनीहरुको पहिचान भनेको ठकुरी हो । धेरै लामो समयम सम्म बनमा हराएका जाति गिठा र भ्याकुर खाएर आदि-अनादी कालदेखि नै जङ्गलमा बस्दै आइरहेका छन ।
राउटे र कुसण्डा आधुनिक जीवनशैलीबाट धेरै टाढा छन् । स्थायी बसोबास, पशुपालन र खेतीबाली गर्न अझै सम्म पनि मान्दैनन् । यि जातीलाई नेमाडिक जिवन यापन गर्न दिने अहिलेको २१औं शाताव्दिमा राज्यको मुलधारमा लिएर शिक्षा स्वास्थ्य र अन्य भौतिका सुविधाबाट बञ्चिन नबनाई अहिलेको सभ्य नागरिक र सभ्य समाजमा ल्याउन सक्नु अहिलको आवश्यकता हो । ठकुरी जातीले नै यो समुदायको बारेमा उनीहरुको हक हितको लागि बोल्ने र संरक्षण गर्न सक्नु पर्दछ । यो समुदायको पहिचानमा आँच आउन नदिई नेपाली समाजमा स्थापित गरि उनिहरुलाई प्रथामिकतामा राखी उनिहरुको संरक्षण गर्दै यो समुदायको हक-हित र अधिकार को लागि जोड-तोडका साथ लाग्नु ठकुरी तथा यो देशको आवश्यकता हो ।
सन्दर्भ साम्रागी
अधिकारी, सूर्यमणि, बाईसे राज्यको इतिहास, खस साम्राज्यको इतिहास भुँडीपुराण प्रकाशन, वि.स. २०६०/२०६१ ।
नेपाल, ज्ञानमणि, नेपालको माध्यमिक कालका इतिहास, मकालु प्रकाशन गृह, डिल्लीबजार, काठमाडौं, वि.स.२०६२ । गोरखाको इतिहास, तेस्रो भाग, दिनेशराज पन्त, वि.स. २०५४ ।
पन्थी (पाण्डेय ), किरण, लिच्छवीहरूका नालिबेली, बिएन पुस्तक संसार प्रा.लि. अद्धैतमार्ग, काठमाडौं, वि.सस २०७५ ।
बाङ्गदेल, लैनसिंह, जय वर्माको मूर्ति र नेपालको वर्मा वंश, मण्डला प्रकाशन, कान्तिपथ, काठमाडौं, वि.स. २०६२ ।
बज्रचार्य, धनवज्र, गोपालराजवंशावलीका ऐतिहासिक विवेचना, नेपाल र एशियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, वि.स. २०६५ ।
सेन,सुर्यबहादुर सेन, पालपाली सेन (पाल्पादेखि पुरकोट सम्म ), खड्ग सेन, वि.स २०४९ ।
सुवेदी, राजाराम, गुल्मीको ऐतिहासिक झलक, किरण पुस्तकालय, तम्घास, वि.स. २०४४ ।
सुवेदी, राजाराम, कास्की राज्यको इतिहास, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी काठमाडौं, वि.स. २०६० ।
शाह तेजबहादुर, सोमवंशी समालको परिचय, समीर शाह, वि.स. २०७५ ।
श्रेष्ठ, टेक बहादुर, पर्वतराज्यको ऐतिहासिक रूपरेखा, नेपाल र एशियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, वि.स. २०४९ ।
कैलाश ए जर्नल हिमालयन स्टिडिस, भोलम तीन, सिल्भाँ लेभि सन, १९७४ ।
राजपुत कोटेट विकिपिडिया, विष्णुपुराण, पद्मपुराण र मनुस्मृती आदी छन् ।
समाजसास्त्री डा. मल्ललको ठकुरी भाषा, संस्कृती नामक पुस्तक पनि प्रतकाशित भइसकेको छ!
तपाईको प्रतिक्रिया