सोमबार २ असार २०८२
राजनीति

अदालतमा हाजिर भए धवल शम्शेर

सोमबार असार २, २०८२/ Monday 06-16-25

काठमाडौँ । अदालतमा उपस्थित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान सुरु भएको छ ।

सोमबार बिहान उनी अदालतमा हाजिर भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो ।

२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा बिरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।

चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो। हाजिर जमानीमा राखिएका उनीसहितलाई मुद्दा दर्ता गर्न जेठ ११ गते प्रहरीले सम्पर्क गर्ने प्रयास गरेको थियो।

तर उनी सम्पर्कमा आएका थिएनन्। सम्पर्कमा नआएपछि प्रहरीको अनुसन्धान अधिकारीले राणाका स्वकियलाई जरिवाना समेत तोकेको थियो। यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।  

तपाईको प्रतिक्रिया