आइतबार १ कार्तिक २०८३
समाज

सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै

आइतबार कार्तिक १, २०८३/ Sunday 10-18-26

काठमाण्डौ ।  काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । 

गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार जीपमा रहेकामध्ये तीन जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो । 

अरू तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको छ । दुर्घटनामा चालक आशिष विष्टसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ओखलढुङ्गाका चालक विष्ट, खोटाङकी सम्झना राई, उहाँकी छोरी सिवानी राई, र अर्का १३ वर्षीय अंकित विक रहेका छन् । 

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । 
 

तपाईको प्रतिक्रिया