काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित भएपछि मनोजकुमार शर्मा ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश पदको शपथ लिएका छन् । सर्वोच्च अदालतका अनुसार उनले आजै पदभार ग्रहण गर्नेछन्।
संवैधानिक परिषद्ले वरिष्ठताक्रम मिच्दै शर्मालाई सिफारिस गरेपछि नेपाल बार एसोसिएसन लगायतले न्यायालयको स्वतन्त्रतामाथि प्रश्न उठाउँदै विरोध गरेका छन्। सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीशको मुख्य दाबेदार मानिएकी थिइन्।
शर्माको सिफारिस संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत गरिएको थियो, जसले ६ सदस्यीय परिषद्मा ३ सदस्यको निर्णयलाई मान्यता दिने व्यवस्था गरेको छ। विपक्षी नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ले भने उक्त सिफारिसप्रति असहमति जनाएका थिए।
तपाईको प्रतिक्रिया