बुधबार ६ जेठ २०८३
राजनीति

कांग्रेसका संस्थापनइतर युवा नेताहरूले खोले सम्पर्क कार्यालय

मंगलबार जेठ ५, २०८३/ Tuesday 05-19-26

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहसँग आबद्ध युवा नेताहरूले राजधानीको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।

निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नियमित महाधिवेशनको पक्षमा रहेका युवा नेताहरूको पहलमा कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार भेटघाट तथा समन्वयलाई सहज बनाउन कार्यालय खोलिएको हो।

यो सम्पर्क कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा तथा नेता कृष्णप्रसाद सिटौला निकट युवा नेताहरूको सक्रियतामा स्थापना गरिएको बताइएको छ।

कार्यालय स्थापना अभियानमा निवर्तमान केन्द्रीय सदस्यहरू गुरू बराल, जितजंग बस्नेत र काफ्लेलगायत सहभागी रहेका छन्। काफ्लेले यस्ता सम्पर्क कार्यालय अन्य स्थानमा पनि रहेको जानकारी दिएका छन्।

यसअघि उक्त समूहले सुकेधारामा युवा भेला आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया