आइतबार २७ बैशाख २०८३
राजनीति

सांसदलाई रविले भने- आफ्नो क्षेत्रमा बजेट लैजान सरकारलाई दबाब नदिनु

आइतबार बैशाख २७, २०८३/ Sunday 05-10-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजान अनावश्यक दबाब नदिन आग्रह गरेका छन्।

आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देशलाई नै एक निर्वाचन क्षेत्रका रूपमा हेर्नुपर्ने भन्दै सीमित क्षेत्रका लागि मात्र बजेट माग्ने प्रवृत्ति रोक्नुपर्ने बताए।

लामिछानेले सरकार नागरिकसँग गरेका प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने बताउँदै यस वर्षको बजेटप्रति धेरै ठूलो अपेक्षा राख्न नहुने संकेत गरे। बजेटको सिलिङ पहिल्यै निर्धारण भइसकेकाले अपेक्षाअनुसारको वितरण नहुने उनको भनाइ थियो।

उनले अर्थमन्त्री बजेट तयारीमा सक्रिय रहेको र प्रधानमन्त्रीसँग नीति तथा कार्यक्रमबारे छलफल भइरहेको समेत जानकारी दिए। साथै, राज्यको क्षमता विस्तार गर्दै आगामी पाँच वर्षमा ठोस काम गर्ने लक्ष्य रहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया