आइतबार २७ बैशाख २०८३
बिश्वो

पुटिनले दिए युक्रेन युद्ध अन्त्यको संकेत

आइतबार बैशाख २७, २०८३/ Sunday 05-10-26

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्यतिर पुगेको संकेत गरेका छन्। ‘विजय दिवस’ परेडपछि पत्रकारसँग कुरा गर्दै उनले युद्ध चाँडै समाप्त हुनसक्ने बताएका हुन्।

पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई दिएको सहयोगले द्वन्द्व झन् बढाएको आरोप लगाउँदै यो अवस्था गम्भीर भए पनि अन्त्यतिर उन्मुख रहेको बताए। रुस र युक्रेनबीच हाल तीनदिने युद्धविराम जारी छ, जसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतापछि गरेका थिए।

पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग स्थायी शान्ति सम्झौतापछि प्रत्यक्ष वार्ताका लागि आफू तयार रहेको बताए। साथै, उनले युरोपेली संघमाथि द्वन्द्व बढाउन खोजेको आरोप लगाउँदै चेतावनी पनि दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया