काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार उक्त बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको हो।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा आयोजना हुनेछ। प्रतिनिधिसभा निर्वाचनपछि संसद्मा स्थान बनाउन सफल दलहरूबीच आगामी प्रक्रियाबारे छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको बताइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ राजनीतिक दल संसद्मा प्रतिनिधित्व गर्न सफल भएका छन्। ती दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।
सचिवालयले यी दलहरूसँग समन्वय गर्दै प्रतिनिधिसभाको आगामी कार्यसूची र सञ्चालनका विषयमा आवश्यक तयारी अघि बढाउन बैठक आयोजना गरेको हो।
तपाईको प्रतिक्रिया