काठमाडौं । बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा झरेको हो। यसअघि बुधबार सुन ३ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
पछिल्ला केही सातादेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। यसअघि माघ १५ गते सुनले अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
उता चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कायम भएको छ, जुन अघिल्लो दिन ५ हजार १५० रुपैयाँ थियो। चाँदीले पनि माघ १५ गते नै उच्च मूल्य छुँदै ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो।
तपाईको प्रतिक्रिया