चुनावमा पराजयपछि गगन थापाको राजीनामा, भोलि केन्द्रीय समिति बैठकमा छलफल हुने
काठमाडौँ । निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।
उनले आफ्नो राजीनामा पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको स्रोतले जनाएको छ । तर नेपाली कांग्रेसले यस विषयमा औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन।
सभापति थापाको राजीनामाबारे भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।
थापा गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका थिए । तर पछिल्लो निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।
चुनावमा पार्टी र व्यक्तिगत रूपमा पराजय भोगेपछि केही दिनयता सभापति थापाले राजीनामा दिने तयारी गरिरहेका थिए ।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामाबारे निर्णय गर्ने बताइएको छ । बैठकमा निर्वाचन परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनका कमीकमजोरीबारे पनि समीक्षा गरिने तयारी गरिएको छ ।
तपाईको प्रतिक्रिया