बुधबार १७ बैशाख २०८२
राजनीति

गगन थापासँग सर्वोच्चले माग्यो लिखित जबाफ

मंगलबार बैशाख १६, २०८२/ Tuesday 04-29-25

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

गत आइतबार सर्वोच्चमा दर्ता भएको थापाविरुद्ध अदालतको अवहेलना निवेदन एकैपटक संयुक्त इजलासमा परेको थियो । अधिवक्ता अनन्तराज लुइँटेलसहितले दर्ता गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले मंगलबार को पेसी दिइएको थियो । 

प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित जवाफ पेस गर्न आदेश भएको हो । आफैँ उपस्थित हुने वा आफ्नो कानुन व्यवसायीमार्फत जवाफ पेस गर्ने भन्ने आदेशको पाठपछि मात्र सार्वजनिक हुनेछ ।

तपाईको प्रतिक्रिया