सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको उपचारका क्रममा मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।
प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए ।
उनकी पत्नी ईश्वरीदेवी सिंह अस्पतालमा कुरुवा बसिरहेकी थिइन्। एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।
हाम फालेपछि गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि आकस्मिक कक्षमा पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी किशोर श्रेष्ठले बताए।
तपाईको प्रतिक्रिया