बुधबार १७ बैशाख २०८२
राजनीति

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

मंगलबार बैशाख १६, २०८२/ Tuesday 04-29-25

काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट दुई विधेयक पारित गरिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरिएको हो । बैठकमा छलफलपछि विधेयक पारित गरियो ।

बैठकमा सभामुख देवराज घिमिरेले यही वैशाख १९ गते सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी गराए । 

वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।

तपाईको प्रतिक्रिया