काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरेत रंगशालामा शनिबार भएको खेलमा क्यानडा ५० ओभरमा २५६ रन बनाउँदै अलआउट भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि युवराज समराले उत्कृष्ट शतकीय पारी खेले। उनले ११७ बलको सामना गर्दै ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए।
क्यानडाको स्कोर उकास्ने क्रममा आरोन जोनसनले ३६, हर्ष थाकरले ३४, समित गोहेलले १७ र आदित्य वर्दराजनले १२ रन जोडे। कप्तान हम्जा तारिकले भने तीन रन मात्रै बनाउन सके।
नेपालका लागि ललितनारायण राजवंशीले सर्वाधिक चार विकेट लिए। कप्तान सन्दीप लामिछानेले तीन विकेट झारे भने दीपेन्द्रसिंह ऐरीले दुई र रोहितकुमार पौडेलले एक विकेट हात पारे।
अब नेपालले जितका लागि २५७ रन बनाउनुपर्नेछ।
तपाईको प्रतिक्रिया