काठमाडौँ । राष्ट्रिय सभाको मंगलबार बसेको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित गरिएको छ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भदौ २३ गते दिउँसो १ः१५ बजे बस्ने गरी तय गरिएको जानकारी गराए।
यसअघि बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको आवश्यकता औँल्याउँदै बैठकमा विपद्को अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो। अध्यक्षको वक्तव्यपछि राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित भएको हो।
तपाईको प्रतिक्रिया