आइतबार ३ श्रावण २०८३
बिश्वो

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथि लगातार सातौं रात पनि हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार पछिल्लो कारबाहीमा इरानका ऊर्जा पूर्वाधार, सैन्य संरचना, निगरानी केन्द्र, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री क्षमतासँग सम्बन्धित रणनीतिक लक्ष्यहरूमा प्रहार गरिएको हो।

अमेरिकी सेनाले लडाकु विमान, ड्रोन, युद्धपोतसहित विभिन्न सैन्य साधन प्रयोग गरिएको र मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ रहेको उल्लेख गर्दै आवश्यक परे थप आक्रमणका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

यसैबीच, सेन्टकमले होर्मुज जलडमरूमध्यमा दुई तेल ट्याङ्करमा भएको विस्फोटबारे इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजिसी) ले गरेको दाबी अस्वीकार गरेको छ।

अमेरिकाले यस अभियानको उद्देश्य इरानको सैन्य क्षमता कमजोर बनाउनु रहेको बताएको छ भने सम्भावित इरानी प्रतिक्रियालाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

 

तपाईको प्रतिक्रिया