बिजनेस
नागढुंगा सुरुङमार्गका लागि जापानको थप साढे ५ अर्ब रुपैयाँ ऋण सहयोग
बुधबार जेठ २०, २०८३/ Wednesday 06-03-26
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गर्न जापान सरकारले करिब ५ अर्ब ५० करोड रुपैयाँ बराबरको थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। यससम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्।
निर्माण लागत वृद्धि र बजेट अभावका कारण जापानले थप ५ अर्ब ७० करोड जापानी येन ऋण सहयोग गर्ने निर्णय गरेको हो। यससँगै आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ।
सन् २०१९ देखि निर्माणाधीन सुरुङमार्ग यसै वर्ष सञ्चालनमा ल्याउने तयारी छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा सवारी आवागमन सहज हुने र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया