बिहीबार ५ चैत २०८२
राजनीति

प्रतिनिधिसभामा प्रतिनिधत्व गर्ने दलका नेताहरुको बैठक सिंहदरबारमा जारी

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सुरु भएको छ। संघीय संसद् सचिवालयको आह्वानमा बसेको उक्त बैठकमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी भएका छन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेबाट गुरु बराल तथा नेपाली कम्युनिष्ट पार्टीका रमेश मल्लको उपस्थिति रहेको छ।

यसैबीच, निर्वाचन आयोगले आजै समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ, जससँगै संसद् सञ्चालनको तयारी थप तीव्र बनेको छ।

तपाईको प्रतिक्रिया