बुधबार ४ चैत २०८२
बिजनेस

कर्जा चुक्ताका लागि नेपाल बैंकले ल्यायो ब्याज छुट सुविधा सहितको नयाँ प्याकेज

मंगलबार चैत ३, २०८२/ Tuesday 03-17-26

नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकका लागि विशेष योजना ल्याएको छ। यस अन्तर्गत, बैंकबाट कर्जा लिएका ग्राहकहरूले ब्याज छुटसहित आफ्नो कर्जा चुक्ता वा नियमित गर्न सक्नेछन्।

योजना अनुसार, २०७९ साल चैत्र मसान्तअघि खराब वर्गमा वर्गीकृत भएका र अपलेखित कर्जा एक करोडसम्मका ग्राहकहरूले २०८३ आषाढ मसान्त भित्र शर्तसहितको ब्याज छुट सुविधा लिएर कर्जा चुक्ता गर्न सक्नेछन्। बैंकले सम्बन्धित ग्राहकहरूलाई यस सुविधाको लाभ लिन आग्रह समेत गरेको छ।

त्यसैगरी, २०८० वैशाख १ पछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले २०८२ चैत्र मसान्त भित्र आफ्नो बक्यौता, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुट पाउने व्यवस्था गरिएको छ। ग्राहकहरूले नजिकको बैंक शाखासँग सम्पर्क गरी सुविधा लिन सक्नेछन्।

 

तपाईको प्रतिक्रिया