बुधबार ४ चैत २०८२
बिश्वो

काबुल अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु

मंगलबार चैत ३, २०८२/ Tuesday 03-17-26

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा भएको हवाई आक्रमणमा ठूलो मानवीय क्षति भएको दाबी गरिएको छ। उक्त आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको तथा २५० भन्दा बढी घाइते भएको अफगान पक्षले जनाएको छ।

तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार सोमबार राति काबुलस्थित ओमार एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण भएको हो। करिब २ हजार शय्या क्षमताको उक्त अस्पतालको ठूलो भाग आक्रमणपछि पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

स्थानीय टेलिभिजन च्यानलहरूले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका भिडियोहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिरहेको देखिन्छ। आगलागी नियन्त्रणकर्मीहरू पनि भत्किएको भवनमा लागेको आगो निभाउन संघर्षरत देखिएका छन्।

तर पाकिस्तानले भने अफगानिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ। पाकिस्तानी पक्षले उक्त दाबीलाई झूटो र जनमत भ्रमित पार्ने प्रचार मात्र भएको जनाएको छ।

पाकिस्तानले सोमबार काबुल र नान्गाहार प्रान्तमा गरिएको कारबाहीमा केवल सैन्य ठेगानालाई मात्रै निशाना बनाइएको दाबी गरेको छ।

 

तपाईको प्रतिक्रिया