आइतबार २१ बैशाख २०८२
राजनीति

नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेः बाबुराम भट्टराई

शनिबार बैशाख २०, २०८२/ Saturday 05-03-25

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताएका छन्।

शनिबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताएका हुन्।

'जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पती आर्जन गर्ने। बिना लगानी सम्पती आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरु बनेका छन्,' उनले भने।

उनले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने बताए। तर राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया