आइतबार २३ बैशाख २०८१
समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दा भट्ट र ढकालको संयुक्त इजलासमा

सोमबार बैशाख १०, २०८१/ Monday 04-22-24

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

उक्त मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् ।

तपाईको प्रतिक्रिया