शनिबार ५ जेठ २०८१
समाज

ललितपुरमा आगलागी, तीन बालबालिकासहित पाँच जना घाइते

आइतबार बैशाख २३, २०८१/ Sunday 05-05-24

ललितपुर ।  ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन्।

आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ। आगलागी नियन्त्रणमा आउने क्रममा रहेको एसपी सुवेदीले बताए। 

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ। एसपी सुवेदीका अनुसार तीन जना बालकको अवस्था गम्भीर छ। 

तपाईको प्रतिक्रिया