काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको छ। निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै निधनको पुष्टि गरेका हुन्।
तीन दिनअघि मात्र फोनमा कुरा भएको बताउँदै वंशलले अचानक आएको खबरले स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। परिवारका अनुसार तामाङलाई अचानक हृदयघात भएको थियो।
इन्डियन आइडल–३ का विजेता तामाङ नेपालीभाषी भारतीय गायक हुन्। उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ जस्ता नेपाली फिल्ममा अभिनय गर्नुका साथै थुप्रै लोकप्रिय गीतमा स्वर दिएका छन्।
पछिल्लो समय उनी सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्दै थिए, जसको डबिङ अझै बाँकी थियो। केही वर्षदेखि दिल्लीमा बस्दै आएका तामाङको निधन पनि त्यहीँ भएको हो।
तपाईको प्रतिक्रिया